• आइतबार, भाद्र २८ २०८३

बदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?


बुधबार, असार २२ २०७९
925
Shares

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

देशभर आज बुधबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देश आँशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार