• आइतबार, भाद्र २८ २०८३

आज क्यानडासँग खेल्दै नेपाल


मंगलबार, असार २१ २०७९
1.4K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयानुसार राति पौने १० बजे शुरु हुनेछ ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानडामा अभ्यास गरिरहेको छ । 

क्यानडा भ्रमणमा यसअघि नेपालले स्थानीय क्लब ओन्टारियोविरुद्ध एक एकदिवसीय र एक टी२० खेलेको थियो । जसमा नेपालले जित हात पारेको थियो ।

क्यानडाको राष्ट्रिय टिमसँग मंगलबार र बुधबार दुई एकदिवसीय अभ्यास खेल्नेछ । त्यसपछि क्यानडाबाट नै नेपाली टोली स्कटल्याण्डमा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग–२ को लागि प्रस्थान गर्नेछ ।

स्कटल्याण्डमा नेपालले समूहमा बलियो मानिएका दुई टिम आयोजक स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार