• मंगलबार, साउन १२ २०८३

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


मंगलबार, असार २१ २०७९
1.1K
Shares

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार