
जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ गरेको छ ।
आँबुखैरेनी गाँउपालिका वडा नं ३ आँबुखैरेनी बजार स्थित ईलाका प्रहरी कार्यालयको आडैमा रहेको रीजोन होटल एण्ड खाजाघरबाट जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरिक्षक राजकुमार वि।क। कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गएराती १२ बजे जुवाडेहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ८० हजार रुपैयाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ ।
इलाका प्रहरी कर्यालय आँबुखैरेनीको आडमा रहेको होटलमा नियमित रुपमा जुवा खेलाउने गरेको सुचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो । जुवा खेल्नेमा तनहुँ र गोरखा र चितवका रहेको प्रहरीले जनाएको छ ।


