• शनिबार, साउन ९ २०८३

क्वारेन्टाइनमा रहेका कामदारले पुरा तलब पाउने


मंगलबार, चैत्र १८ २०७६
1.1K
Shares

कतार । कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आप्रवासी कामदारको समस्याको लागि हटलाइन सेवा सुचारु गरेको छ ।

कामदारले आफ्नो समस्या ९२७९७ मा ५ लेखि आफ्नो कतारी आइडी नम्बर अथवा भिसा नम्बर हालेर म्यासेज पठाउन सक्नेछन।

यस नयाँ सेवा कामदार संग सम्पर्क गरि विभिन्न भाषामा उनीहरुको समस्या राख्न सुचारु गरिएको मन्त्रालयको सहायक सल्लाहकार मुहम्मद हस्सन अल ओबैदलीले आज भएको पत्रकार सम्मेलनमा बताएका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण कतार बाहिर रहेका कामदारको सकिएको भिसा भाइरसको महामारी सकिए पश्चात आफै नवीकरण हुने र कामदारले बिना जरिवाना कतार आउन पाउने पत्रकार सम्मेलनमा बताईएको छ ।

क्वारेन्टाइनमा रहेका कामदार तथा अन्य कर्मचारीले पुरा तलब सहित अन्य सुविधा पाउने मन्त्रालयले आजको सम्मेलनमा बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार