• आइतबार, भाद्र २८ २०८३

चर्चित र्‍यापर लाहुरेले ल्याए ‘बिरामी’ (भिडिओ)


मंगलबार, असार २१ २०७९
655
Shares

चर्चित र्‍यापर लाहुरे अर्थात् आशिष रानाले ‘बिरामी’ बोलको र्‍याप गीत सार्वजनिक गरेका छन्।

मंगबार काठमाडौंमा एक कार्यक्रम गर्दै र्‍याप गीत सार्वजनिक गरिएको हो। गीतमा लाहुरेकै स्वर तथा शब्द रहेको छ। 

रोहित शाक्यको संगीत तथा निर्देशन रहेकाे भिडिओमा लागुऔषधमा फसेका लाहुरेकै कथालाई देखाइएको छ। लागुऔषधमा फस्ने व्यक्तिलाई बिरामीकाे स‌ज्ञा दिइएकाे छ। 

भिडिओमा लागुऔषध प्रयोगकर्ताको रुपमा उत्तम राई देखिएका छन्। भिडिओमा लाहुरे, सुभम बोहोरा र सुजित सञ्जित लगायतको अभिनय छ।

मन्जित लामा र रेवत श्रेष्ठले छायांकन गरेको गीतको भिडिओलाई रोहित शाक्यले सम्पादन गरेका हुन्।

कार्यक्रममा बोल्दै लाहुरेले आफ्नै भोगाइलाई गीतमा प्रस्तुत गरेको बताए।

‘एउटा कलाकार भएको हिसाबले गीत दुई किसिमले लेखिन्छ जस्तो लाग्छ। एउटा दिमागले लेखिन्छ भने अर्काे मनले लेखिन्छ। दिमागले लेख्दा व्यापारिक कुरालाई पनि ध्यानमा राखिन्छ। मैले यो मनदेखि बनाएको गीत हो। यो गीतबाट भाइरल हुने सोचेको पनि छैन। म आफै लागुऔषधमा फसेको मान्छे भएको कारण मैले भोगेको घटनाहरूलाई गीतमार्फत प्रस्तुत गरेको छु,’ उनले भने।

‘यो गीतमा थुप्रै कथा छ, मैले फरक तरिकाले आफूले चित्त दुखाएको मान्छेहरूसँग माफी माग्ने प्रयास गरेको छु। साथै लागुऔषधमा फसेको बेला भोगेका समस्याहरूलाई कलात्मक रुपमा प्रस्तुत गरेको छु,’ उनले प्रस्टाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार