
रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।
सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस बस दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते २४ जनालाई उपचारका लागि धुलीखेल पठाइएको छ।


