• आइतबार, भाद्र २८ २०८३

यार्सागुम्बा टिप्न गएका व्यक्ति भीरबाट लडेर घाइते


सोमबार, असार २० २०७९
2.1K
Shares

बझाङमा यार्सागुम्बा संंकलन गरेर घर फर्कने क्रममा भिरबाट लडेर एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार साइपाल गाउँपालिका–४ धुलीका ३६ वर्षीय शिबु रोकाया गम्भीर घाइते भएका छन्।

रोकाया साइपालकै चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञान बहादुर विष्टले बताए। उनको स्थानीयले उद्धार गरी धुली आधारभूत स्वास्थ्य चौकीमा पुर्याएका थिए।

रोकायाको टाउको, निधार, घाँटी र अनुहारमा चोट लागेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको बताइएकाे छ । तस्विर : साँकेतिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार