• शनिबार, साउन ९ २०८३

धार्चेमा ८ बेडको क्वारेनटाइन बन्यो


मंगलबार, चैत्र १८ २०७६
985
Shares

गोरखा । धार्चे गाउँपालिकाले ८ बेडको क्वारेनटाइन स्थापना गरेको छ ।

धार्चेै गाउँपालिका ५ को माछीखोलामा ८ बेडको क्वारेनटाइन बनाइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै धार्चेले गाउँपालिकाको केन्द्र माछीखोलामा रहेको पोर्टर सेल्टरलाई क्वारेनटाइनका रुपमा निर्माण गरेको जनाएको छ ।

हालसम्म धार्चेमा कोरोनाको शंकास्पद बिरामी नदेखिएको समेत अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार गाउँपालिकाले यसअघिबाट लाप्राक, काशीगाउँ र लापूको अर्मलामा हेल्थ डेक्स सञ्चालन गरिरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार