• आइतबार, भाद्र २८ २०८३

‘अब गाडीलाई २० र बाइकलाई ५ लिटर मात्र इन्धन’


सोमबार, असार २० २०७९
955
Shares

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा बेहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो ।

 निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जिपलगायत साना सवारीसाधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिएको छ ।

सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न र प्रमुख सहरमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

पछिल्लो समय नेपाल आयल निगम घाटामा छ। सरकारले मूल्य घटाए पनि कर नघटाएपछि निगम घाटामा गएको हो। 

निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी छ। भुक्तानी बक्यौता धेरै भएपछि भारतले पेट्रोलियम पदार्थको निकासी नै रोक्ने संकेत भएको निगमले जनाएको छ।  

निगम अहिले मासिक १० अर्ब हाराहारीको घाटामा छ। आफ्नो घाटा निरन्तर बढिरहेपछि आईओसीलाई समेत भुक्तानी गर्न नसकिएको हो।

यही समस्या लिएर निगम प्रधामनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गएको हो। छलफलमा भारतले निकासी रोक्न सक्ने निगमले बताएको छ। 

समस्या समाधानको लागि छलफलमा गएको नियमले खपत घटाउन कोटा प्रणाली लागू गर्नुपर्ने माग समेत राखेको छ। 

कार, जिपको लागि २० लिटरसम्म अधिकतम वितरण गर्ने र मोटरसाइकलको लागि अधिकतम ५ लिटर एक पटकमा दिने निर्णय गर्नुपर्ने विषय निगमले राखेको छ।  

यस्तो निर्णय गराएको खण्डमा खपत कम हुने निगमको सुझाव छ। आपूर्ति मन्त्रालयको एक अधिकारीका अनुसार निगमले लिखित सुझाव नै मन्त्रालयमा ल्याएको छ। यसमा अनावश्यक रुपमा चल्ने यातायत रोक्नुपर्ने बताइएको ती अधिकारीले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार