गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा फिजियो थेरापी शिविर सम्पन्न भएको छ । ह्याण्डिक्याप ईन्टरनेशनलको आर्थिक सहयोग एव बारपाक सुलीकोट गाँउपालिका र एकिकरण नेपाल गोरखाको सयुक्त आयोजना बारपाक दिने फिजियो थेरापी शिविर सम्पन्न भएकोे हो ।
बारपाक सुलीकोट गाउँपालिकाको वडा नं १ र २ लाई लक्षित गरि संचालन गरिएको उक्त शिविरमा हाडजोर्नी र नशा सम्वन्धी बिरामी एव अपाङ्गता भएका व्यक्तिहरु गरि कुल ३६ जनाले सेवा पाएको गाँउपालिकाको स्वास्थ्य प्रमुख कृष्ण भट्टले जानकारी दिए । शिविरमा गोरखा अस्पताल एव एकिकरण नेपाल गोरखाको फिजियोथेरापिस्ट सिमा कोइराला, हेल्थपोष्टको कर्मचारीहरुले सेवा दिएका थिए ।

वारपाकमा भुकम्पको वेला पनि धेरै मानिसहरु अपाङ्गता हुनु भएको थियो अर्कोतर्फ एकल जातीय वाहुल्यता भएको ठाँउमा त्यसै पनि अपाङ्गता भएको व्यक्तिको दर वढि देखिने भएकाले बारपाक मागको आधारमा शिविर संचालन गरिएको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
शिविरमा आउने सहभागीहरुलाई आवश्यकता अनुसारको साहयता सामग्रीहरु पनि वितरण गरिएको आयोजकले वताएको छ । आवश्यकता अनुसार अन्यत्र पनि शिविर सचालन गर्न सकिने कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।
शिविरलाई ह्याण्डीक्याप इन्टरनेश्नलको कार्यक्रम अपरेशन प्रमुख अमिना वमजन, कार्यक्रम सयोजक महेन्द्र विक्रम शाह, स्वास्थ्य शाखा प्रमुख कृष्ण भटट, एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा लगायत जनप्रतिनिधिहरुले समेत अनुगमन गरेका थिए ।
