• आइतबार, भाद्र २८ २०८३

प्रहरी कुटेकाे आराेपमा गोरखा छाेप्राकका दुई शिक्षक पक्राउ


आइतबार, असार १९ २०७९
740
Shares

गोरखा । प्रहरी कुट्ने गोरखा छाेप्राकका दुई शिक्षक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक ४ छोप्राकका शिक्षकद्धय रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन् ।

पक्राउ परेका रामशरण र रामेश्वर सहाेदर दाजुभाइ हुन् । उनीहरुमध्ये रामशरण छाेप्रककाे मण्डली मावि र रामेश्वर गोरखा नगरपालिका १० काे रत्नराज्य माविका शिक्षक रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएकाे छ ।

पाेखरेल दाजुभाईकाे आक्रमणबाट प्रहरी जवान अनन्तबहादुर रोका र प्रहरी हवल्दार अर्जुनबहादुर सेन घाइते भएका छन् । रोकाको टाउको र अनुहारमा चोट लागेको छ । सख्त घाइते भएका उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ ।

प्रहरी हवल्दार अर्जुनबहादुर सेनको अवस्था भने सामान्य बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार