
भारतमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा २० सुरक्षाकर्मी र ५ सर्वसाधारण छन्। ३८ जना अझै बेपत्ता छन्।
मणिपुरस्थित नोनीमा रेल मार्ग निर्माण कार्य भइरहेको स्थानमा बुधबार गएको पहिरोमा परेकामध्ये २५ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ।
पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए।


