• आइतबार, भाद्र २८ २०८३

देशभर बदली र वर्षा हुने


आइतबार, असार १९ २०७९
1.4K
Shares

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

देशभरको मौसम बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार