पोखरा । पाेखरामा पत्रकारका लागि लेखन तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने तालिम सकिएकाे छ ।
बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिंग एण्ड रिसर्च सेन्टर बाग्लुङको आयोजना तथा कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा तालिम भएकाे हाे ।
कार्यक्रममा गण्डकीका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले कार्यक्रमको समुदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री थापाले पत्रकारितामा लागेका तथा नव आगन्तुकका लागी लेखन तथा क्षमता बृद्धि तालिमले अवश्य पनि फाइदा पुग्ने बताए ।
आफुले तथ्यपरक पत्रकारितालाइ प्रोत्साहन गर्ने र गलत सुचना र समाचारबाट पत्रकारिता पेशा टाढा रहनुपर्ने बताउॅदै मन्त्री थापाले सत्यको पक्षमा सधै कलम चलाउन तालिममा सहभागीहरुलाइ शुभकामना समेत दिए ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले सो तालिमलाइ प्रोत्साहन र सहयोग गरेको कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय प्रति आभार प्रकट गर्दै सम्पुर्ण सहभागीका लागी तालिम प्रभावकारी रहेको बताइन् ।
प्रशिक्षकका रुपमा समाचार फ्याक्ट चेक गर्ने उमेश श्रेष्ठ, दिपक के श्रेष्ठ र बासुदेव मिश्र रहेका थिए भने कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गरेका थिए । कार्यक्रम बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिंग एण्ड रिसर्च सेन्टर , बाग्लुङका संचालक राम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।