• आइतबार, भाद्र २८ २०८३

गण्डकी प्रदेशमै उत्कृष्ट बन्याे गोरखा उद्योग वाणिज्य संघ


शनिबार, असार १८ २०७९
1.8K
Shares

गोरखा । गोरखा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश भित्रकै उत्कृष्ट घाेषित भएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पाँचौँ प्रदेशसभाको अवसरमा गोरखालाई उत्कृष्ट घाेषित गर्दै सम्मान गरिएकाे हाे ।

गण्डकी प्रदेशका ११ जिल्लामा रहेका जिल्ला/नगर उद्योग वाणिज्य संघहरुमध्ये गोरखाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएकाे बताइएकाे छ ।

संघका गोरखा जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठलाई शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्माले दोसल्ला ओढाएर उत्कृष्टताको प्रमाण पत्र प्रदान गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार