• मंगलबार, साउन १२ २०८३

काठमाडौंमा हैजाका बिरामी बढ्दै, सतर्कता अपनाउन सरकारको आग्रह


शुक्रबार, असार १७ २०७९
805
Shares

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजाको पुष्टि भएको थियो ।

उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उनले आग्रह गरेका छन् । हैजाबाट जोगिन खानपानमा ध्यान दिनु नै उत्तम उपाय भएको उनले बताएका छन् ।

त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उनले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गरेका छन् । यस्तै, खुला ठाउँमा दिसापिसाब नगर्न पनि डा. अधिकारीको आग्रह छ ।

सरसफाइ र खानपानमा ध्यान लिए हैजाको रोकथाम गर्न सकिन्छ । यस्तै, हैजा थप फैलिन नदिन पानीका मुहान तथा स्रोतमा नै शुद्धीकरण गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार