• आइतबार, भाद्र २८ २०८३

पोखरामा ४६ लाखसहित तीन चिनियाँ नागरिक पक्राउ


शुक्रबार, असार १७ २०७९
765
Shares

पोखरा। पोखरामा स्रोत नखुलेको ४५ लाख ९७ हजार रकमसहित तीन चिनियाँ नागरिक र एक नेपाली पक्राउ परेका छन् ।

पोखराको १७ ड्यामसाइडको एक घरबाट उनीहरूलाई उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घरमा डाइमण्ड टेक्नोलोजी नामक कम्पनी चलाएर अवैध गतिविधि गरिरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिइएको बैदाम प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अहिले काठमाडौँ राजस्वमा पठाउने तयारी भइरहेको डिएसपी भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरूले प्रयोग गरेका कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामाग्रीसहित कम्पनीको कार्यालय सिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार