• आइतबार, भाद्र २८ २०८३

यस्तो छ फिल्म ‘झिँगेदाउ’ को टिजर


शुक्रबार, असार १७ २०७९
870
Shares

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म  ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ । ३० सेकेण्डको टिजरमा फिल्मको कथासार बुझाउन खोजिएको छ ।

टिजरमा झिँगा, सिक्का समेत देखाइएको छ । १७ भदौबाट रिलिज हुने फिल्म निर्देशक देउजा आफैले निर्माण गरेका हुन् । फिल्मको नाम झिँगेदाउ राख्नुको अर्थ बुझाउन फिल्मको टिजर ल्याइएको निर्देशक देउजाले बताए ।

फिल्म अहिले पोस्टप्रोडक्सनमा छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेर निर्माण भएको हो ।

प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्मका सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् ।  केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको लगायतको फिल्ममा अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार