• आइतबार, भाद्र २१ २०८३

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु


शुक्रबार, असार १७ २०७९
725
Shares

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ ।

पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ ।

त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।

कोभिडका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म पाँच लाख २५ हजार १३९ ले ज्यान गुमाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार