• आइतबार, भाद्र २८ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


शुक्रबार, असार १७ २०७९
1.1K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको हो।

बिहीबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार