• आइतबार, भाद्र २८ २०८३

इन्टरनेट नचलेपछि धार्चे गाउँपालिकाको सेवा खोर्लाबेशीबाट


शुक्रबार, असार १७ २०७९
1.4K
Shares

गोरखा। गाउँपालिकाको केन्द्रमा इन्टरनेट नचलेपछि गोरखाको धार्चे गाउँपालिकाले खोर्लाबेसीबाट सेवा दिन सुरु गरेको छ।

इन्टरनेट नचल्दा विद्युतिय प्रक्रियाबाट भुक्तादी दिन, अन्य कागजात तयार गर्न समस्या भएपछि असार ११ गतेदेखी खोर्लाबेसीबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रुलबहादुर आलेले बताए ।

आउँदो असार २४ गतेसम्म बिल भरपाई फस्यौट तथा भुक्तानी दिइसक्नुपर्ने कानूनी सीमा रहेकोले पालिकाका केही कर्मचारीहरु खोर्लाबेसी गएर पालिकाको काम थालेको उनले बताए ।

माछाखोलामा राम्रोसँग नेट नचलेसम्म खोर्लाबेसीबाट सेवा दिएकाे उनले बताए। सबै काम माछाखोलाबाट भइरहेको र मुख्य चार÷पाँच जना मात्र खोर्लावेशी आएर काम गरिरहेको उनले बताए ।

‘लेखा, योजना, प्रशासनिक र प्राविधिक कर्मचारीहरु यहाँ आएका छन ‘हामीले सेवाग्राहीलाई दुख नहुने गरी आवश्यक कागजात सबै माछाखोलामा नै पूरा गरी सबै फाइल पालिकाकै कर्मचारीले यहाँ ल्याउने र काम सकेर माछाखोला नै पुर्याइदिने उनले बताए ।

सेवाग्राहीलाई दोहोरो हिड्न नपर्ने गरी फाइल खोर्लावेशी ल्याउने र माछाखोलामा पु¥याउने काम कर्मचारीले नै गर्दै आएको उनले बताए । कागजपत्र पूरा भएपछि चेक सबै माछाखोलामा नै लगेर बाँड्ने गरेको उनको भनाइ छ । उनका अनुसार पालिकाको हालसम्म करिब २० प्रतिशत भुक्तानी दिन बाँकी रहेको उनले बताए ।

माछाखोलामा इन्टरनेट कनेक्सनका लागि विद्युत र इन्टरनेटको प्राविधिकलाई समेत खबर गरिसकेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उहियामा रहेको नेपाल टेलिकमकको टावरमा समस्या आएका कारण माछाखोलामा इन्टरनेट अवरुद्ध भएको र टावरको अवस्था बुझन माछाखोलाबाट एक जना प्राविधिक पठाइसकेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार