• आइतबार, भाद्र २८ २०८३

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुस सहित अख्तियारकाे नियन्त्रणमा


शुक्रबार, असार १७ २०७९
2K
Shares

गोरखा । गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराकाे टाेलीले पक्राउ गरेकाे छ ।

सेवाग्रहीसंग १५ हजार घुस लिने क्रममा बिहिबार राती जिल्ला अदालत नजिकैकाे उक हाेटलबाट उनलाई अख्तियारले पक्राउ गरेकाे हाे ।

काम मिलाईदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।

घटनास्थलको मुचुल्का गरेर केसीलाई राती नै पोखरा लगिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार