• आइतबार, भाद्र २८ २०८३

लमजुङका जमन गुरुङले हात पारे कोरियामा २ पदक


बिहिबार, असार १६ २०७९
1K
Shares


This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेपाली खेलाडी जमनसिंह गुरुङले १४ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा २ पदक जितेका छन् ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ ।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि जमनले उज्वेकिस्तानका खेलाडीलाई २–० ले हराएका थिए । जमन विगत ५ वर्षदेखि दक्षिण कोरियामा छन् ।

उक्त प्रतियोगितामा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले निर्णायकको भूमिका निर्वाह गरेको महेशले जनाएका छन् । खेलाडी गुरुङ लमजुङका बासिन्दा हुन् ।

This image has an empty alt attribute; its file name is simran-crossor.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार