• शनिबार, साउन ३० २०८३

कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३७ हजार नाघ्याे, संक्रमितको संख्या सात लाख ८४ हजार


मंगलबार, चैत्र १८ २०७६
980
Shares

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको संख्या सात लाख ८४ हजार ३ सय ८१ पुगेको छ। यो सोमबार बिहान पाैने ७ बजेसम्मको तथ्यांक हो।

गएको २४ घन्टामा यसको संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९ सय १३ जनाको मृत्यु भएको छ।

यो सँगै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ। त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

स्पेनपछि सोमबार सबैभन्दा धेरै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या एक लाख नाघेको छ। त्यहाँ अहिलेसम्म एक लाख १ हजार सात सय ३९ जना संक्रमित भएका छन्।

अमेरिकामा गएको २४ घन्टामा कोरोना संक्रमणबाट पाँच सय ६५ जनाको मृत्यु भएको छ।

त्यहाँ हिजो एकैदिन करिब २० हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ। त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म ३१ सय ४१ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार