• मंगलबार, साउन १२ २०८३

भारतमा १४ हजार ५ सय भन्दा बढी कोरोना सङ्क्रमित


बिहिबार, असार १६ २०७९
730
Shares

मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् ।  

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको थियो ।

कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार ७७  जनाको मृत्यु भएको छ । हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित करिब एक लाखनजिक पुगेको गत ६ महिनायता पहिलो पटक भएको जनाइएको छ ।

पछिल्लो एक दिनमा एघार हजार ५४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार