• आइतबार, भाद्र २८ २०८३

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


बिहिबार, असार १६ २०७९
860
Shares

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ ३०० रुपैयाँले र चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य बुधबार तोलामा १०० रुपैयाँले बढेको थियो । मंगलबार तोलामा ९७ हजार ७०० रहेको सुनको मूल्य १०० रुपैयाँले बढ्दै बुधबार तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

हिजो बुधबार तोलामा १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २३५ रुपैयाँ छ । चाँदीको मूल्य हिजो बुधबार पनि घटेको थियो ।

मंगलबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले घट्दै हिजो बुधबार १ हजार २४० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदीको बिक्री मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार