• आइतबार, भाद्र २८ २०८३

पहिरोले बेँसीशहर-चामे सडक अवरुद्ध


बिहिबार, असार १६ २०७९
815
Shares

लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ । बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ ।

पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ ।

मनाङतर्फ  म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । 

मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए  । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार