• आइतबार, भाद्र २८ २०८३

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


बुधबार, असार १५ २०७९
1.4K
Shares

बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार