• आइतबार, भाद्र २८ २०८३

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


बुधबार, असार १५ २०७९
925
Shares

गाेरखा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

करणी गरी फरार रहेका गोरखा भिमसेन थापा गाउपालीका वडा नं ४ पिपलथोकका विनोद बि.कलाई प्रहरीले पक्राउ गरेको हो। २१ बर्षिय बि.कले गत २०७७ चैत १५ गते रातको ९ : ३० बजेको समयमा सोही ठाँउकी १६ वर्षीया नाबालिकालाई जबरबस्ती करणी गरी फरार थिए। बि.कलाई असार १३ गते घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

कार्यालयमा जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको तर प्रतिवादी बि.क.वारदात पश्चात भागी फरार रहेको हुँदा निजको निरन्तर खोजतलास गर्ने क्रममा असार १३ गते उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। पक्राउ पश्चात् बि.कलाई जिल्ला अदालत गोरखाबाट कारागार लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार