• शनिबार, साउन ९ २०८३

दश दिनमा १ सय ७९ कैदी रिहा


सोमबार, चैत्र १७ २०७६
1.3K
Shares

कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ ।

सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् ।

सर्बोच्च अदालतले यही चैत्र ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

सो आदेश लगत्तै एक बर्ष भन्दा कम कैद सजाय भएका १ सय ७९ जना कैदीलाई रिहाई गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए ।

विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट १ सय १९ बालबालिका छुटेका छन् भने अरु कारागारबाट सोमबारसम्ममा ६० जना छुटेका छन् ।

सर्बोच्चको आदेश अनुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १ सय ५५ को कार्यविधि पुर्‍याएर एक वर्षभन्दा कम कैदहरुले छुट्न चाहदा रितपूर्वक निवेदन दिएपछि उनीहरुकाबारेमा आवश्यक निर्णय हुने कणेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार