• आइतबार, भाद्र २८ २०८३

अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत फेला


मंगलबार, असार १४ २०७९
755
Shares

अमेरिकाको टेक्सासमा एक ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ।

टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको हो। उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन।

सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन्। सो लरीका चालक फेला परेका छैन। प्रहरीले चालकको खोजी गरिरहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार