• आइतबार, भाद्र २८ २०८३

जापानमा उच्च तापक्रम, बत्तीको स्विच बन्द गर्न नागरिकलाई आग्रह


सोमबार, असार १३ २०७९
1.3K
Shares

Olympics Tokyo 2020 Heat Concerns

जापान सरकारले टोक्यो र यसआसपासका क्षेत्रमा बस्ने नागरिकलाई अनावश्यक रुपमा बत्ती नबाल्न आग्रह गरेको छ। 

सोमबारका लागि गरिएको उक्त आग्रह एक्कासि तापक्रममा भएको वृद्धिका कारण गरिएको हो। झण्डै ३ करोड ७० लाख मानिसलाई उक्त आग्रह गरिएको बताइएको छ।

बत्तीको स्विच अफ गर्न भने पनि एयर कन्डिसन भने अन गर्न र ‘हिटस्ट्रोक’बाट बच्न अपिल गरिएको बीबीसीले जनाएको छ।

पछिल्लो समय जापानमा तापक्रम उच्च वृद्धि भएको छ। यो हप्ता मध्यटोक्योको तापक्रम ३५ डिग्री सेल्सियसमाथि पुग्दा इसेसाकी सहरमा ४०.२ डिग्री सेल्सियस पुगेको छ। यो तापक्रम जापानमा जुनमा रेकर्ड गरिएको अहिलेसम्मकै उच्च हो।

जुन महिना जापानमो वर्षायामको सुरुवाती महिना हो। यस महिनाभर तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल नै रहने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार