• आइतबार, भाद्र २८ २०८३

दक्षिण कोरियामा छायाँकन भएको  ‘तिमीलाई माया’ सार्वजनिक ( भिडियो ) 


सोमबार, असार १३ २०७९
815
Shares

काठमाडौं । दक्षिण कोरियामा रहेका  कलाकारहरुको सक्रियतामा निर्मित  ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ ( डार्क एन्जल )   र रजनी राईको  अभिनय रहेको छ। युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा माया,प्रेम,शँका र सम्बन्ध लाई रचनात्मक तवरले देखाउन खोजिएको छ।

दक्षिण कोरियाका बिभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौषमी गुरुङ  ( डार्क एन्जल )  ले गरेकी हुन भने सम्पादन विजेश पौडेलले गरेका हुन। भिडियो डेमो क्रियशनको यूट्युब च्यानल बाट सार्वजनिक भएको छ। निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार