• आइतबार, भाद्र २८ २०८३

तनहुँमा खोलाले बगाउँदा बालिकाको मृत्यु


सोमबार, असार १३ २०७९
835
Shares

तनहुँ । भानु नगरपालिका-७ चन्द्रावतीमा १६ महिने बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ। स्थानीय रचना श्रेष्ठको १६ महिनाको छोरी काव्या श्रेष्ठलाई खोलाले बगाएको हो।

उनी घरमै खेल्ने क्रममा बेलुका साढे ७ बजेबाट हराएकी थिइन्। प्रहरीका अनुसार काव्यालाई घरदेखि २० मिटर पछाडि रहेको चुदी खोलाले बगाएको थियो।

स्थानीयले खोजतलास गर्ने क्रममा ५०० मिटर तल खोला किनारमा अचेत अवस्थामा भेटेपछि उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कले जानकारी दिए।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार