• आइतबार, भाद्र २८ २०८३

बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?


सोमबार, असार १३ २०७९
815
Shares

सुनको मूल्य आज बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो।  अघिल्लो दिन ९७ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन पनि आज सोही दरले बढेको छ। 

सोमबार ९६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको तेजाबी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले बढेको छ। योसँगै आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार