
फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ।
उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्।
आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ।
मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो। फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा उद्धारपछि यात्रुहरु नदी किनारमा बसेको देखिएको छ।
१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो। आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन।


