• मंगलबार, असोज १३ २०८३

गोरखाबाट शंकास्पद दुईजनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो


सोमबार, चैत्र १७ २०७६
1K
Shares

गोरखाबाट शंकास्पद दुइजनाकाे स्वाब परिक्षणका लागि टेकु पठाइएकाे छ । गोरखा अस्पतालले उच्च ज्वारोका दुई बिरामीको स्वाब परीक्षणका लागि साेमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको हाे।

ज्वारो आएर उपचार गराउन आएका दुईजनालाई आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षण गर्न टेकु पठाइएको अस्पतालका डा विनाेद दुवाडीले जानकारी दिए ।

यसअघि आइसोलेशनमा राखेर उपचार गरिएको शहिद लखन गाउँपालिकाकी एक बालिकाकाे समेत स्वाब परिक्षाणका लागि टेकु पठाइएकाे थियाे । उनकाे रिपाेर्ट नेगेटिभ आइसकेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार