
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
देशभरको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


