
गाेरखा । जिल्ला प्रहरी कार्यालय गोरखासहितका कार्यालय परिसरभित्र वृक्षारोपण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखा परिसरभित्र २०० बिरुवा, ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा ५०, ईलाका प्रहरी कार्यालय जौबारीमा ५० र प्रहरी चौकी बाह्रकिलोमा ५० गरी यस कार्यालय तथा मातहत प्रहरी कार्यालय समेतमा गरी जम्मा ३५० फलफुल तथा बोट बिरुवाहरु वृक्षारोपन गरिएको जिल्ला प्रहरी निरिक्षक सोमदास ढकालल बताए ।