• आइतबार, भाद्र २८ २०८३

अम्बरको संगीत, राजको शब्दमा ‘खुसीका मुहान’ ( भिडियो ) 


आइतबार, असार १२ २०७९
810
Shares

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।

गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई प्रस्तुत गरिएको छ ।

 मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव यस म्युजिक भिडियोमा फिचर्ड छन् । यस भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर रहेको छ ।  भिडियो संगीतकार सुब्बाको आधिकारिक च्यानल ‘अम्बर तुम्बापो सुब्बा’ मार्फत सार्वजनिक भएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार