• आइतबार, भाद्र २८ २०८३

भारी वर्षाका कारण पोखरामा सडक भासियो


आइतबार, असार १२ २०७९
870
Shares

अविरल वर्षाका कारण पोखराको सडक भासिएको छ । पोखरा वडा नम्बर ४ को फिर्केमा सडक भासिएको हो । सडक भासिएर दुई चिरा परेको छ ।

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरिया कर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनुभयो ।

सडक भासिएसँगै सडक किनारमा रहेको एउटा कच्चिघरमासमेत भ्वाङ परेको छ । यसैबीच भासिएको सडकको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत अनुगमन गरेका थिए । बर्खा लागे सँगै पोखरा उपत्यकाका धेरै ठाउँहरूमा सडक भासिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार