• आइतबार, भाद्र २८ २०८३

देशभर मौसम बदली, धेरै स्थानमा वर्षा हुने


आइतबार, असार १२ २०७९
835
Shares

देशभरको मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार