• आइतबार, भाद्र २८ २०८३

सिरानचाेकमा ९० कराेड ३० लाखकाे बजेट


आइतबार, असार १२ २०७९
750
Shares

सिरानचोक गाउँपालिकाले ९० करोड ३० लाख ६२ हजार २१२ रुपैयाँ बराबरको अनुमानित वजेट पेश गरेको छ ।

आन्तरिक राजस्व तर्फ ५६ लाख ५० हजार, नदीजन्य पदार्थ बिक्रिबाट १ करोड, अघिल्लो वर्षको मौज्जाद ३० करोड ४४ लाख १५ हजार गरी आन्तरिक तर्फ कुल ३२ करोड ६५ हजार २१२ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

संघिय सरकारको राजस्व बाँडफाँड वापत ८ करोड ८५ लाख ९५ हजार, प्रदेश सरकारको राजस्व मार्फत २० लाख प्राप्त हुने सिरानचोक गाउँपालिकाले अनुमान गरेको छ ।

यसैगरी संघिय सरकारको वित्तिय समानीकरण अनुदान मार्फत १५ करोड १९ लाख, शसर्त अनुदान २८ करोड ८३ लाख, समपूरक तर्फको १ करोड ८५ लाख ,प्रदेश सरकारको वित्तिय समानीकरण तर्फ १ करोड ८७ लाख २ हजार र जिल्ला समन्वय समिति गोरखाको अनुदान १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार