• आइतबार, भाद्र २८ २०८३

चलचित्र ‘घनचक्कर’ आजबाट प्रदर्शनमा


शुक्रबार, असार १० २०७९
790
Shares

नेपाली चलचित्र ‘घनचक्कर’ शुक्रबार (आज) बाट प्रदर्शनीमा आएको छ। निर्माण सुरु भएको ४ वर्षपछि आजबाट देशभरका सिनेमा हलमा प्रर्दशन भएको हो। 

चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्। हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार