• आइतबार, भाद्र २८ २०८३

गोरखा नगरपालिकाद्धारा नीति तथा कार्यक्रम सार्वजनिक, ‘डिजिटल गभरनेन्स’ विकासमा जोड


शुक्रबार, असार १० २०७९
710
Shares

गोरखा । गोरखा नगरपालिकाद्धारा आगामी आर्थिक बर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । शुक्रबार मेयर कृष्ण बहादुर राना मगरले दशौ नगरसभा मार्फत आगामी बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा नगरपालिकाले ‘डिजिटल गभरनेन्स’ विकासमा जोड दिएको छ । नगरपालिकाको सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाउन भन्दै डिजिटल ‘डिजिटल गभरनेन्स’ को नीति लिइएको मेयर रानाले बताए ।

अघिल्लो कार्यकालमा सुरु भएका अधिकांश कार्यक्रमलाई निरन्तरता दिदै आगामी बर्षका लागि गोरखा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, संस्कृती, पर्यटन विकास, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन, युवा तथा खेलकुद विकास, सामाजिक, महिला, बालबालिका, अपंगता भएका, दलित, आदीवासी जनजाती, जेष्ठनागरिक, पूर्वाधार, खानेपानी तथा सरसफाई, सुशासन लगायतका क्षेत्रको विकास बिषयलाई जोडदारले नीतिमा उठाएको छ ।

त्यस्तै नीति तथा कार्यक्रमले सुत्केरी गाई भैसीलाई सुत्केरी प्रोत्साहन भत्ताको समेत परिकल्पना गरेको छ भने गोरखा नगरपालिकाको रानीवन क्षेत्रमा मिनी जु, ठूलो आँगन क्षेत्रलाई सम्पदा वस्तीको रुपमा विकास, दरौदीमा ¥याफ्टिङ, होमस्टेको प्रवद्र्धन, एक वडा एक मैदान, जनतासंग नगरप्रमुख जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।

त्यस्तै सभामा प्रस्तावित नीति तथा कार्यक्रम सर्वसम्मतले पास समेत भएको गोरखा नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार