• आइतबार, भाद्र २८ २०८३

यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल


शुक्रबार, असार १० २०७९
690
Shares

एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाको किनरारा ओभलमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर पहिले फिल्डिङ रोजेकी हुन् । यूएईले पहिले ब्याटिङ गर्ने भएको हो । 

नेपाल र यूएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल यूएईले जितेको छ ।

यूएई समूह ’ए’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । नेपाल भने समूह ‘बी’को उपविजेता टोली हो । यूएईले ४ खेलमा ७ अंक जोडेको थियो भने मलेसिया ६ अंक जोडेर समूह उपविजेता बनेको थियो ।

समूह ‘बी’मा नेपालले ४ खेलमा ६ अंक जोडेको थियो । यो समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बनेको थियो । नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टिमः

रुविना क्षेत्री (कप्तान), अप्सरी बेगम, अस्मिना कर्मचार्य, डली भट्ट, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, विन्दु रावल, ममता चौधरी, संगिता राई, सिता रानामगर


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार