• मंगलबार, कार्तिक ११ २०८३

नेपालमा फेरि बढ्न थाले कोरोना संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए


बिहिबार, असार ९ २०७९
840
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४९ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ४९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

एक हजार २३४ जनाको पिसिआर र १२६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर १६३ जना सक्रिय संक्रमित छन्। १२ जना संक्रमित निको समेत भएका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार