• आइतबार, भाद्र २८ २०८३

डलरको मूल्य हालसम्मकै उच्च


बिहिबार, असार ९ २०७९
925
Shares

अमेरिकी डलरको मजबुती बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको अवमूल्यन हालसम्मकै उच्च बनेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ । बुधबार डलरको बिक्री मूल्य १२५ रुपयाँ २२ पैसा थियो ।

डलर मजबुती हालसम्म कै उच्च बनेपछि डलर खरिदका लागि लगानी गर्नुपर्ने नेपाली रुपैयाँ धेरै हुनेछ । आयातमा आधारित अर्थतन्त्रका कारण डलरको मजबुतीले आयातमा बाहिरिने रकम बढ्नेछ ।

डलर सञ्चिति र शोधनान्तर घाटा गहिरिएको बेला डलरको मजबुतीले अर्थतन्त्रमा थप संकट निम्त्याउने जोखिम बढ्ने जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको १० महिनामा अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्ययन ३।७१ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार