
एकिकरण नेपाल गोरखाले वारपाक सुलीकोट वडा न ७ स्थित श्री वगेश्वरी आधारभुत विद्यालयमा ४० हजार वरावरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
हिजो भएको एक कार्यक्रम विच एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालयको प्रधानाध्यापक उत्तम श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । सामग्री हस्तान्तरण पछि उक्त सामग्रीको प्रयोग सम्वन्धि कार्यशाला सचालन भएको छ ।


मङ्गलबारबाट सचालन भएको उक्त कार्यशालामा विद्यालयमा अध्यापन गराउने ९ जना शिक्षकहरु सहभागी भएका छन् । तालिमलाई एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा र फिल्ड कार्यक्रम अधिकृत रमेश श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यशालामा शैक्षिक सामग्री छपाई सम्वन्धि सामग्रीहरु तथा विषयगत शैक्षिक सामाग्री, शब्द लेखनको वारेमा छलफल भएको देवकोटाले बताए । साथै प्रभावकारी बाल केन्द्रित कृयाकलापहरु सिर्जनशील लेखनका विभिन्न वाल केन्द्रित विधिहरुको वारेमा कार्यशालामा भएको आयोजकले बताएको छ ।
जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले गाँउपालिकाको सहकार्यमा उक्त विद्यालयमा शैक्षिक सुधारको कार्यक्रमहरु सचालन गरिरहेको छ ।


